२५ मंसिर २०८२, बिहिबार

लुम्बिनी प्रदेशको आर्थिक वर्ष ०७८/७९ को बजेट सच्याउन आग्रह

प्रकाशित मिति :  25 October, 2021 5:17 pm


रुपन्देही । नेपाल पत्रकार महासंघ रुपन्देही शाखाले लुम्बिनी प्रदेश सरकारको आर्थिक वर्ष ०७८/७९ को बजेट सच्याउन आग्रह गरेको छ ।

महासंघ रुपन्देहीका अध्यक्ष रामराज पोखरेल र सचिव विनोद परियारले आज विज्ञप्ति जारी गर्दै ‘विधि पद्धति र आर्थिक अनुशासन विपरीत छुट्याइएको सञ्चारसम्बन्धी बजेटलाई तुरुन्त सच्याई प्रदेशभरीका सञ्चारमाध्यमले लाभ लिने गरी समानुपातिक रुपमा वितरण हुने व्यवस्था मिलाउन अनुरोध गरेका छन् ।

महासंघले पत्रकार कल्याणकारी कोषको रकम अहिलेको सरकारले घटाएकामा आपत्ति समेत जनाएको छ ।

महासंघले लम्बिनी प्रदेश सरकारले संसदमा दर्ता गरेको सञ्चार विधेयक तुरुन्त फिर्ता लिई संविधानको मर्म, भावना र पूर्ण प्रेस स्वतन्त्रतालाई ग्यारेन्टी गर्न भनेको छ ।



प्रतिक्रिया दिनुहोस !