२५ मंसिर २०८२, बिहिबार

दसैं र तिहारबीच अर्घाखाँचीमा नागरिकता र राहदानी लिनेको संख्या बढ्यो

प्रकाशित मिति :  26 October, 2021 7:06 am


अर्घाखाँची । दसैं र तिहारबीच अर्घाखाँची जिल्ला प्रशासन कार्यालयमा नागरिकता र राहदानी लिनेको संख्या उल्लेखनीय रुपमा बढेको छ ।

दसैं र तिहार मनाउन घर आएको मौका पारेर जिल्ला आएका सेवाग्राहीका कारण जिल्ला प्रशासन कार्यालयमा नागरिकता र राहदानी बनाउनेको संख्या बढेको हो ।

प्रशासनमा राती अवेरसम्म नागरिकता र राहदानी बनाउनेको भिड लाग्ने गरेको छ । सहायक प्रमुख जिल्ला अधिकारी बिनोद खनालका अनुसार जिल्ला प्रशासन कार्यालय अर्घाखाँचीबाट आइतबारमात्रै विहान १० बजेदेखि बेलुका ८ बजेसम्म १ सय ९९ जनाले नागरिकता लिएका छन् ।

सामान्य समयमा औषतमा ३० देखि ३५ वटा नागरिकता वितरण हुने गरेकोमा विगत केही वर्षयता एकै दिनमा यति धेरै नागरिकता वितरण भएको हुनसक्ने सहायक प्रमुख जिल्ला अधिकारी खनालको भनाई छ ।

अधिकांश समय सहरमा बसोबास गर्ने नागरिकले घर आएको बेला नागरिकता तथा राहदानीको काम गर्ने भएकाले प्रशासनमा भिडभाड बढेको उनको भनाई छ ।

सहायक प्रमुख जिल्ला अधिकारी खनालले भने,“गत वर्षको दशैमा कोरोनाको डरले कम व्यक्तिहरू गाउँमा आएका तर यसपाली धेरै व्यक्तिहरू दशै मनाउन गाउँ आएका, केही समय अगाडि पटक पटक भएका लकडाउनले सेवाग्राहीले चाहेको समयमा कार्यालयबाट सेवा लिन नपाउनु र अमेरिकाले डिभी खुलाउनु तथा नागरिकता बनाएर पासपोर्ट बनाउने धेरैको रहर भएको बिभिन्न राजनितिक दलको नगरपालिका र गाँउपालिकमा अधवेशनका कारणले नागरिकता लिनेको सख्या बढेको     हो ।”



प्रतिक्रिया दिनुहोस !