रोल्पामा ‘सिर्जना उत्सव’ कार्यक्रम हुने
प्रकाशित मिति : 27 October, 2021 7:47 am
रोल्पा । रोल्पामा ‘सिर्जना उत्सव’ कार्यक्रम हुने भएको छ ।
नेपाली कलासाहित्य डटकम प्रतिष्ठान,ललितपुरको आयोजनामा सदरमुकाम लिवाङमा सिर्जना उत्सव हुन लागेको हो । कार्यक्रमलाई रोल्पा नगरपालिकाले सहयोग गरेको छ भने ललित साहित्य परिषद् रोल्पा सह आयोजजक रहेको छ ।
कात्तिक १३ गते शनिबार हुने कार्यक्रममा काठमाडौं र रोल्पाका कविहरूको कविता बाचन हुने छ भने,रोल्पाली झाँकी प्रर्दशन र राष्ट्रिय गीतमा सामूहिक नृत्य प्रर्दशन हुने आयोजकले जनाएको छ ।








