२५ मंसिर २०८२, बिहिबार

रोल्पामा अपाङ्गता भएका व्यक्तिहरूलाई शैक्षिक सामाग्री वितरण

प्रकाशित मिति :  29 October, 2021 7:27 pm


रोल्पा । ५८ औँ अन्तराष्ट्रिय सेतो छडी सुरक्षा दिवसको अवसर पारी रोल्पामा रहेका अपाङ्गता भएका व्यक्तिहरूलाई सेतो छडी, कम्प्युटर, फोटोकपी मेसिन, अडियो प्लेयर पेनड्राइभ लगायत शैक्षिक समाग्री वितरण गरिएको छ ।

उज्जवल नक्षेत्र समाज र रोल्पा नेत्रहिन सघंको आयोजना तथा बालकल्याण नमुना माध्यमिक विद्यालयको व्यवस्थापनमा उक्त समाग्री वितरण गरिएको हो ।

कार्यक्रममा बोल्दै रोल्पा नगरपालिका उपप्रमुख मन कुमारी घर्तीले अपांगता भएका व्यक्तिहरूलाई कुनै समस्या भए पालिकामा आएर आफ्नो समस्या राख्न र नगर पालिकाले गर्न सक्ने सहयोग गर्ने प्रतिबद्धता जनाइन् ।

प्रमुख जिल्ला अधिकारी नवराज सापकोटाले राज्यले अपाङ्गता भएका व्यक्तिहरूलार्य सहयोग गरेतापनि त्यो प्राप्त मात्रामा नभएको बताए ।

अपाङ्गता भएका तथा फरक क्षमता व्यक्तिहरूका लागि राज्यले केही कोषहरू वढाउनु पर्ने उनको भनाई थियो । प्रजिअ सापकोटाले फरक क्षमता भएकाहरूका लागि हिंड्डुल गर्दा,बाटो काट्दा र अन्य कार्यमा सहयोग गर्न समेत अनुरोध गरेका थिए ।



प्रतिक्रिया दिनुहोस !