१६ चैत्र २०८०, शुक्रबार

मेगा अनलाइन स्पर्धा, टी–सिरिज स्टेज हन्टका विजेता घोषित

प्रकाशित मिति :  7 November, 2021 7:03 pm


काठमाडौं । नेपालमा गायन, नृत्य र अभिनयको प्रतिभा पहिचानका लागि आयोजित ‘मेगा ट्यालेन्ट अनलाइन रियालिटी शो’– डिजी पे टी सिरिजि स्टेज वक्र्स ‘ट्यालेन्ट हन्ट’का विजेता घोषणा गरिएको छ । झन्डै तीन महिनासम्म चलेको यो स्पर्धामा देशभरिबाट ३ सयभन्दा बढी संख्यामा भिडियो प्राप्त भएको आयोजक काइजेन इन्क प्रालिले जनाएको छ ।

“नेपालमै पहिलो र विशिष्ट किसिमको यो ट्यालेन्ट हन्ट मेगा रियालिटी शो हो, जहाँ एकै पटक ३ सयभन्दा अधिकले भिडियो पठाइ सहभागिता जनाएका थिए, जसमध्ये १ सय २० जना छनोट भएका थिए, ” आयोजक काइजेन इन्क प्रालि कार्यकारी अधिकृत सुष्मा मानन्धरले भनिन्, “यो यस्तो विशिष्ट प्रतियोगिता थियो, जसमा ४० जना त जजहरू नै रहेका थिए ।”

छानिएका प्रतियोगीहरूले पठाएका भिडियोमार्फत फरक–फरक चरण हुँदै अन्तिम चरणमा गायन, अभिनय र नृत्य विधा प्रत्येकमा एक–एकजना प्रमुख विजेता तथा दोस्रो र तेस्रो स्थानमा पनि एक–एकजना गरी ९ जना विजेता घोषित भएका हुन् ।

ग्रान्ड फिनालेमा अभिनय, नृत्य र गायन गरी तीन विधा प्रत्येकबाट चार–चार गरी १२ जना प्रतियोगीबीच कडा प्रतिस्पर्धा भएको थियो । प्रत्येक विधाबाट एक–एकजना उत्कृष्ट प्रतियोगी विजेता घोषित भएका हुन् ।

कार्यक्रमा नेपालका विभिन्न क्षेत्रबाहेक  बेल्जियम, अस्ट्रेलिया, बेलायत लगायत देशबाट पनि नेपालीभाषी प्रतियोगी सहभागी थिए। भने इजिप्टबाट निशा पाठकले कार्यक्रमको अनलाइन होस्ट गरेकी थिइन्।

भारतीय संगीत उद्योगको चर्चित कम्पनी टि–सिरिजको भगिनी संस्था टी–सरिज स्टेजवर्क एकाडेमीको नेपालका लागि आधिकारिक प्रतिनिधि काइजेन इन्क प्रालिद्वारा आयोजित अनलाइन ट्यालेन्ट हन्ट रियालिटी शोको मुख्य प्रायोजक अनलाइन पेमेन्ट गेटवे डिजीपे रहेको थियो भने विजेताहरूको घोषणा नाइस टेलिभिजन एचडीमा प्रशारण भएको थियो । आयोजकका अनुसार स्याटेलाइट टिभीबाट नेट टिभी, डिस होम, प्रभु टिभी, मेरो टिभी र क्लियर टिभीबाट पनि कार्यक्रम प्रशारण भएको थियो ।

प्रतियोगितामा गायन विधातर्फ काठमाडौं रातोपुलका अभिषेक बराइली विश्वकर्मा प्रमुख विजेता बने भने दोस्रो स्थान ओगट्न सफल मधुमारा विराटनगरकी मनीषा पोखरेलले ‘डिजी पे पपुलर च्वाइस अवार्ड’ प्राप्त गरिन् । तेस्रो स्थान हासिल गर्न सफल माङ्सेबुङ इलामका छोट्लुङ हाङ लिम्बुले ‘काइजेन इन्क सोसल मिडिया अवार्ड’ हात पारेका छन् ।

त्यसैगरी अभिनय विधातर्फ काठमाडौं मैतिदेवीका विनोद चौधरी प्रमुख विजेता बनेका भने जनकपुरका सुदीप पटेलले दोस्रो स्थान हासिल गर्दै ‘डिजी पे पपुलर च्वाइस अवार्ड’ हात पारे । तेस्रो स्थानमा रहेका काठमाडौं कालिमाटीका सिद्धार्थ सिंहले ‘काइजेन इन्क सोसल मिडिया अवार्ड’ प्राप्त गरे ।

त्यस्तै दार्चुला खलंगाका रमेश तिंकरीले नृत्य विधाको प्रमुख विजेता बने भने काठमाडौं जोरपाटीकी रेणुका तामाङले दोस्रो स्थान हासिल गर्दै ‘डिजी पे पपुलर च्वाइस अवार्ड’ हात पारिन् । झापा बिर्तामोडकी मौनता प्रसाईं ‘काइजेन इन्क सोसल मिडिया अवार्ड’ प्राप्त गरी तेस्रो स्थानमा पर्न सफल भइन् ।

तीनवटै विधाका प्रमुख विजेताले भारतस्थित टि सिरिज स्टेज वर्क्स गुहावटीमा काइजेन इन्कका तर्फबाट १० लाख रुपैयाँबराबरको छात्रवृत्ति प्राप्त गर्ने आयोजकले जानकारी दिएको छ ।

आयोजकका अनुसार प्रत्येक प्रमुख विजेताले सतप्रतिशत छात्रवृत्ति, दोस्रो स्थान हासिल गर्ने प्रत्येकले ७५ प्रतिशत छात्रवृत्ति र तेस्रो स्थान हासिल गर्ने प्रत्येकले ५० प्रतिशत छात्रवृत्ति प्राप्त गर्नेछन् । विजेताहरूले संगीत, नृत्य वा अभिनय प्रशिक्षणमा छात्रवृत्ति पाउनेछन् । विजेता तथा प्रतिस्पर्धीले उपाधिसँगै प्रायोजकहरूबाट आकर्षक उपहारहरू समेत प्राप्त गर्ने आयोजकको भनाइ छ ।

२०७८ भदौ ११ देखि सुरु भएको कार्यक्रमको ग्रान्ड फिनाले कात्तिक ५ गते बेलुका मेगा टेलिभिजनबाट प्रत्यक्ष प्रशारण भएको थियो ।

“झन्डै तीन महिनाअघि कार्यक्रम सुरु गर्दा सामान्य नै हुने अनुमान थियो तर प्रतियोगिता हामीले सोचेभन्दा धेरै नै उत्कृष्ट भयो,” प्रतियोगिताको मुख्य प्रायोजक डिजी पका डिजी पेका प्रमुख कार्यकारी अधिकृत दिवाकर पाण्डेले भने, “संसारभरि छरिएर रहेका नेपाली तथा नेपालीभाषी जसले आफूभित्र लुकेको प्रतिभा विभिन्न कारण देखाउन पाएका थिएनन्, उनीहरूका लागि यो शो धेरै नै महत्वपूर्ण प्लेटफर्म साबित भयो ।”



प्रतिक्रिया दिनुहोस !