१४ बैशाख २०८१, शुक्रबार

दुलियाजान कला साहित्य मञ्चले देवकोटा जयन्ती मनायो

प्रकाशित मिति :  8 November, 2021 1:27 pm


आसाम, दुलियाजन । भारतको आसाम राज्यको तिनसुकिया जिल्ला दुलियाजामा रहेकोे दुलियाजान कला साहित्य मञ्चले एक कार्यक्रमको आयोजना गर्दै महाकवि लक्ष्मीप्रसाद देवकोटाको ११३ औं जन्मजयन्ती मनाएको छ ।

कार्यक्रमका मुख्य अतिथि बरिष्ठ शिल्पिकार जुद्धवीर राणाले त्रैमासिक साहित्यीक पत्रिकाका सम्पादक बालकृष्ण उपाध्यायको पहिलो कृति कथा संग्रह कर्मनिस्टको बिमोचन गरे ।

कार्यक्रममा बोल्दै राणाले महाकवि देवकोटाको ब्याक्तित्व र योगदानको चर्चा गर्नुका कुनै पनि लेखकले जुनसुकै बिधामा कलम चलाए पनि मानवको लागि उपयोगी हुनुपर्ने बताए ।

पत्रिकाका सम्पादक बालकृष्ण उपाध्यायले महाकविको परिचयबारे प्रकाश पारेका थिए । बालकलाकारहरु अदिती गुरुङ, नन्दिता घिमिरे, रिहा सोनार, मानवी सोनार लगाएतले नृत्य प्रस्तुत गरेका थिए ।

बरिस्ठ शिल्पकार तथा साहित्यकार युद्ध वीर राणा, साहित्यकार हरु कृष्ण बिक्रम राणा, सिध्दीमान राई, श्याम लिवाङ, लाखन लामा, सन्तकुमार लामा, धर्म ध्वज लिम्बु, शंकर क्षेत्री, लाल बहादुर थापा, थानेश्वर शर्मा, हिरालाल शर्मालाई सम्मान पत्र, असमियाको च्यादर र नेपाली ढाका टोपीले सम्मान गरिएको थियो ।

कर्मध्वज लिम्बु, गीता उपाध्याय, पार्वती उपाध्याय, कल्पना उपाध्याय, लाखन लामा, सन्त कुमार देवान, रोशन क्षेत्री लगाएत एक दर्जन साहित्यकारहरुले साहित्य वाचन गरेका थिए । दुलियाजान नेपाली साहित्य मञ्चका अध्यक्ष दुर्गा बहादुर क्षेत्रीको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो ।



प्रतिक्रिया दिनुहोस !