२२ मंसिर २०७९, बिहिबार

राप्रपा रोल्पाको अध्यक्षमा अमरबहादुर थापा

प्रकाशित मिति :  12 November, 2021 2:52 pm


रोल्पा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) रोल्पाको अध्यक्षमा अमरबहादुर थापा निर्वाचित भएका छन् ।

राप्रपाले जिल्ला अधिवेशन सम्पन्न गर्नका लागि कात्तिक २३ गतेसम्मको समय तोकेको थियो ।

जसमा ७६ जिल्लाका सभापति चयन भइसकेका छन् । रोल्पामा राप्रपाका पुराना नेता थापा नै अध्यक्ष निर्वाचित भएको राप्रपाले जनाएको छ ।

भक्तपुरमा भने विवादका कारण नेतृत्व चयन हुन सकेको छैन ।



प्रतिक्रिया दिनुहोस !