२० मंसिर २०७९, मंगलबार

नेकपा एमाले र केपी ओलीको जताततैबाट पराजयको खबर मात्र सुन्न तयार रहनुहोस् : श्रेष्ठ

प्रकाशित मिति :  12 November, 2021 4:29 pm


काठमाडौं । नेकपा(एकीकृत समाजवादी) का नेता जीवनराम श्रेष्ठले आउँदा दिनहरूमा नेकपा एमाले र केपी ओलीको जताततैबाट पराजयको खबर मात्र सुन्न तयार रहन भनेका छन् ।

नेपाल खेदकुद महासंघको सचिवालय बैठकलाई सम्बोधन गर्दै नेता श्रेष्ठले संविधान,लोकतन्त्र र समाजवादको संरक्षणको लागि बनेको गठबन्धन आगामी संसदीय निर्वाचनसम्म कायम रहने बताए ।

आगामी राष्ट्रिय सभाको र अरु उपनिर्वाचनहरू देखि नै नेकपा एमाले जनताबाट बढारिने कार्य शुरु हुने दाबी गरे । देशव्यापी रुपमा नेकपा (एकिकृत समाजवादी) प्रति जनताको आकर्षण र पार्टी प्रवेशको लहर बढेको पनि श्रेष्ठको दाबी थियो ।

नेता श्रेष्ठले खेलकूद महासंघपनि समाजवादी आन्दोलन पुर्नगठनको अभियानमा नयाँ उत्साह र जाँगरका साथ शसक्त ढंगले लाग्न आग्रह गरे ।



प्रतिक्रिया दिनुहोस !