१८ बैशाख २०८१, मंगलबार

रोल्पाको जीप दुर्घटनामा ज्यान गुमाउनेप्रति मुख्यमन्त्री केसीद्वारा दुःख व्यक्त

प्रकाशित मिति :  14 November, 2021 6:21 pm


रोल्पा । रोल्पाको घर्तीगाउँमा भएको जीप दुर्घटनामा परी ज्यान गुमाउने मृत्यकहरुप्रति लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री कुलप्रसाद केसीले शोक व्यक्त गरेका छन्।

व्यक्तव्य जारी गर्दै केसीले चार जनाको मृत्यु भएको दुर्घटनाले प्रदेश सरकारलाई मर्माहत बनाएको जनाउदै मृतकहरुप्रति श्रद्धाञ्जली र घाइतेको सिघ्र स्वास्थ्यलाभको कामना गरेका हुन्।

आइतबार बिहान ११ बजे रोल्पाको माडी गाउँपालिका वडा नं. ६ कोर्चाबाङ हान्निङबाट विहान ११ बजे घर्तीगाउँ बजारतर्फ जादै गरेको रा १ ज ३८२ नम्बरको यात्रुबाहक जीप घर्तीगाउँ बजार नजिकै सवारी दुर्घटनामा परको थियो।

घटनामा पर्नको तत्काली उद्धार गर्ने सबैप्रति केसीले धन्यवाद ज्ञापन गरेका छन् । मृतकका परिवार र घाइतेहरुको उद्धार, उपचार लागि तत्कालै पहल गर्न सम्बन्धितपक्षलाई निर्देशन दिएको उनले बताए । घाइतेहरुको जिल्ला अस्पताल रेउघामा उपचार भइरहेको छ ।

सम्बन्धित समाचारः

रोल्पा जीप दुर्घटनामा मृत्यु र घाइते हुनेको पहिचान खुल्यो

रोल्पामा जीप दुर्घटना, तीन जनाको मृत्यु

 



प्रतिक्रिया दिनुहोस !