१६ चैत्र २०८०, शुक्रबार

अनलाईन मार्फत् ठगी गर्ने ब्यक्ति नगदसहित पक्राउ

प्रकाशित मिति :  15 November, 2021 1:26 pm


काठमाडौं । प्रयोगकर्ताहरुको मोबाईलमा सम्पर्क गरी विभिन्न व्यक्तिहरुलई चिठ्ठा परेको छ, विदेशबाट सामान र पार्सल आएको छ भनि ठगि गर्ने एक ब्याक्तिलाई प्रहरीले पक्राउ गरेको छ ।

चिठ्ठा परेको, विदेशबाट सामान र पार्सल आएको छ भनि सो सामान लिन र चिठ्ठामा दावी भुक्तानी लिन कर तिर्नु पर्ने झुट्टा बहाना बनाई कर बापतको रकम विभिन्न व्यक्तिको बैंक खातामा जम्मा गर्न लगाई ठगि गर्ने व्यक्तिलाई गोप्य सुचनाको आधारमा महानगरिय अपराध महाशाखाबाट खटिएको प्रहरी टोलीले गत शुक्रबार गैरीधाराबाट विकाश गुरुङलाई पक्राउ गरेको हो ।

रुकुम रन्मामैमकोट गाउँपालिका ३ स्थिायी ठेगाना भएका २३ वर्षिय गुरुङको साथबाट प्रहरीले ठगि गरेको १९ लाख साठ्ठी हजार बरामत गरको छ ।

पक्राउ परेका गुरुङबारेथप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।



प्रतिक्रिया दिनुहोस !