१५ बैशाख २०८१, शनिबार

आर्यालाई ‘मिस लिटिल नेवाः’ को उपाधी

प्रकाशित मिति :  15 November, 2021 2:01 pm


काठमाडौं । नेवार बालिका तथा किशोरीहरुको सौन्दर्य प्रतियोगिता ‘मिस लिटिल नेवाः नेपाल ११४१’को उपाधि सामाखुशीकी १० वर्षिया आर्या श्रेष्ठले जितेकी छन् ।

शनिवार काठमाडौंमा सम्पन्न  नेपालकै सवैभन्दा ठूलो मौलिक सांस्कृतिक प्रतियोगिता मिस नेवाः को आयोजक संस्था नेप्लीज फेसन होमले जमलस्थित राष्टिय नाचघरमा आयोजना गरेको प्रतियोगितामा आर्याले फोटोजेनिक र पब्लिक च्वाईसको अवार्ड पनि जितिन् ।

प्रतियोगितामा प्रनिधी मानन्धर फस्ट रनर्सअपसँगै सोसियल वेलफेयर एम्बेस्डर चिफ, रिकृष्ना डंगोल सेकेण्ड रनर्सअप र नयना शाक्य मिस ट्यालेन्ट उपाधि विजेता भए ।

नेपाल क्योकुसिन सेइसिन काइकन कराते संघका अध्यक्ष अशोककुमार श्रेष्ठ, ¥यापर निर्णय श्रेष्ठ, नेपाल लिपी गुठीका उपाध्यक्ष अनिल स्थापित, लायन्स क्लब डिस्ट्रिक ३२बि१ नेपालका क्षेत्रीय प्रमूख इन्द्ररत्न बज्राचार्य, लायन्स क्लबका डिस्ट्रिक गर्भनर मणीश्री रत्न बज्राचार्य र मिस नेवाः ११३८ रीजु मानन्धर निर्णायक तथा अन्तराष्ट्रिय व्यवसायी तथा युके एनआरएनका अध्यक्ष अशोकबाबु श्रेष्ठ प्रमूख निर्णायक रहेका थिए ।

प्रतियोगितामा तिसा तण्डुकार वेस्ट नेपाल भाषा, प्रकृति महर्जन नेपाल भाषा फस्ट रनर्सअप र सिम्रिक श्रेष्ठ नेपाल भाषा सेकेन्ड रनर्सअप, दिमी श्रेष्ठ सोसियल वेलफेयर एम्बेस्डर चिफ, आर्या खोपे श्रेष्ठ सोसियल वेलफेयर एम्बेस्डर फस्ट रनर्सअपका साथमा मिस फ्रेन्डसिप, सफलता श्रेष्ठ सोसियल वेलफेयर एम्बेस्डर सेकेन्ड रनर्सअप, एभान्जलिना महर्जन वेस्ट ड्रेस, क्रिस्टिना महर्जन र बितिषा कंसाकार मिस कल्चर, युनिका बडे मिस पर्सनालिटी, सलिस्का महर्जन बेस्ट हेयर, सान्भी श्रेष्ठ बेस्ट स्कीन, सफलता श्रेष्ठ मिस चार्मिङ र मिस फ्रेन्डसीप, एन्जेला महर्जन मिस इलिजिन्ट र मिस इनोसेन्ट तथा सनिष्मा महर्जन र केभिया श्रेष्ठ मिस डिसिप्लेन उपाधिका विजेता भएका छन् ।



प्रतिक्रिया दिनुहोस !