७ बैशाख २०८१, शुक्रबार

फागुन २७ गतेदेखि सिनेमा हलमा ‘सम्हालिन्छ कहिले मन’

प्रकाशित मिति :  16 November, 2021 6:27 pm


काठमाडौं। फिल्म ‘सम्हालिन्छ कहिले मन’ अगामी फागुन २७ गते सार्वजनिक हुने भएको छ ।

निर्माण युनिटले फिल्मको दुई पोष्टर फष्टलुकको रुपमा सार्वजनिक गर्दै चलचित्रको सार्वजनिक मिति घोषणा गरेको हो ।

फिल्मको पोस्टरमा फिल्मका तीन मुख्य कलाकार आकाश श्रेष्ठ, पूजा शर्मा र सोनमलाई रोमान्टिक अन्दाजमा उतारिएको छ । बेलायत र नेपालमा छायाँकन भएको फिल्म सुदर्शन थापाले निर्देशक गरेका हुन् ।

एबी इन्टरनेसनलको ब्यानरमा अमित बस्नेतले निर्माण गरेको फिल्ममा परी राना र अजितकुमार थापा सह–निर्माता, सनिश खकुरेल र अंकित गौतम कार्यकारी निर्माताको रुपमा रहेका छन् ।



प्रतिक्रिया दिनुहोस !