५ जेष्ठ २०८१, शनिबार

राष्ट्रसंघ भन्छ, ‘अफगानिस्तानमा आईएसआईएस नाटकीयरूपमा विस्तारित भयो’

प्रकाशित मिति :  18 November, 2021 12:50 pm


काठमाडौं । राष्ट्रसंघले इश्लामिक स्टेट आतंकवादी समूहले अफगानिस्तान भरि फैलिँदै गएकाे र हरेक प्रान्तमा आफूलाई स्थापित गराइ पाँच गुणा बढी आक्रमण गराउन सक्ने क्षमतामा पुगेकाेमा चिन्ता व्यक्त गरेकाे छ।

राष्ट्रसंघको सुरक्षा परिषद्लाई सम्बोधन गर्दै अफगानिस्तानका लागि विशेषदूत डेबोराह लोयन्सले पूर्व आतंकवादी समूह आईएआईएस हाल आईएसको रूपमा क्रियाशील आफूलाई जिहादी भन्दै अफगानिस्तान भरि फैलिएको बताइन् ।

पहिले केही क्षेत्रमा सीमित रहेको यो समूह अहिले करिब करिब अफगानिस्तानको हरेक प्रान्तमा पुगेको उनले जनाइन् । यो समूहले गरेका ३३४ आक्रमण मध्ये गतवर्ष मात्रै ६० आक्रमण गरेको उनले बताइन्।

राजधानी काबुलमा सिया मुसलमान बस्तीमा आईएसको बम विस्फोटनबाट एक जनाको ज्यान गएको तथा ६ जना घाइते भएको घटना लगत्तै बोल्दै उनको यो अभिव्यक्ति सार्वजनिक भएको रोयटर्सले जनाएको छ।

 



प्रतिक्रिया दिनुहोस !