२२ बैशाख २०८१, शनिबार

मन्त्री बाँस्कोटालाई तत्काल निलम्बन गरी छानबिन गर्न विवेकशील नेपालीको माग

प्रकाशित मिति :  20 February, 2020 2:43 pm


base_freepik

काठमाडौ, ८ फागुन । 

सूचना तथा सञ्चार मन्त्री गोकुल प्रसाद बास्कोटाले सेक्युरिटी प्रिन्टिङ प्रेसको खरिदमा ७० करोड कमिसनका लागि सेटिङ गरेको अडियो प्रमाण हाम्राकुरा डटकम मिडिया आएको समाचारहरू प्रति विवेकशील नेपाली दलको गम्भीर ध्यानाकर्षण भएको छ।

उक्त समाचारको सत्य तथ्य पत्ता लगाउन मन्त्री बाँस्कोटालाई तत्काल निलम्बन गरी छानबिन गर्न हामी सरकार अनि प्रधानमन्त्रीसँग जोडदार माग गर्दछौँ।

सरकारले भर्खरै आफ्नो दुई वर्षको कार्यकाल सम्पन्न गरेको छ। यो अवधिका उपलब्धि अनि कमजोरी आफ्नो ठाउँमा छँदै छन्। तर यो बिचमा सदनमा अनि बाहिर पनि प्रधानमन्त्री केपी शर्मा ओलीले एउटा कुरा बारम्बार भन्नुभएको छ, “म भ्रष्टाचारीको मुख पनि हेर्दिनँ”।

तर फेरी पनि, बारम्बार नेकपाका नेताहरू तथा  सरकारकै मन्त्रीको नाम भ्रष्टाचारमा मुछिनु र यस अडियो टेप प्रधानमन्त्रीले डेढ महिना अगाडि नै सुनेको समाचार आउनुले प्रधानमन्त्रीको ‘भ्रष्टाचारीको मुख पनि हेर्दिनँ’ भन्ने कुरा खोक्रो भाषणको रूपमा स्थापित हुँदै छ। नागरिकमा उदासीनता बढ्दै छ।

यी कुराहरूमा सचेत रहँदै प्रधानमन्त्रीलाई तुरुन्त सञ्चार मन्त्रीलाई निलम्बन गरी अनुसन्धानको प्रक्रिया अगाडी बढाई सत्य-तथ्य सार्वजनिक गरी कानुनी प्रक्रिया अगाडि बढाउन हामी अपिल गर्दछौँ। प्रधानमन्त्रीको भ्रष्टाचार विरुद्धको शून्य सहनशीलताको परीक्षण गर्ने यो सही समय हो भन्नेमा हामी प्रस्ट छौँ ।



प्रतिक्रिया दिनुहोस !