११ बैशाख २०८१, मंगलबार

रोल्पामा विद्यालय चलाउन अदुवा खेती

प्रकाशित मिति :  28 November, 2021 11:57 am


उमा केसी

रोल्पा । विद्यालय चलाउन अदुवा खेती गरेका रोल्पाको एक सामुदायिक विद्यालयले उत्पादित अदुवा बिक्रीवितरण थालेको    छ ।

रोल्पा नगरपालिका वडा नं. २ देउरालीमा रहेको सरस्वती आधारभूत विद्यालयले विद्यालयमा उत्पादित अदुवा बिक्रीवितरण गर्न थालेको हो ।

“आर्थिक अभावका कारण विद्यालय सञ्चालनमा समस्या देखिएपछि अघिल्लो वर्ष रोपिएको अदुवा उपभोगका लागी तयार भएकाले बिक्रीवितरण गर्दै हिडेका छौं,” विद्यालय व्यवस्थापन समितिका अध्यक्ष जगवहादुर वलीले भने । उत्पादित अदुवा मध्य आधा कोशेलीको रुपमा वितरण र आधा बजारमा विक्री गर्ने सोंच वनाएको अध्यक्ष वलीले जानकारी दिए ।

विद्यालयले रोपेको अदुवावाट यस वर्ष १० क्विन्टल उत्पादन हुने अनुमान गरेको विद्यालयका शिक्षक होमवहादुर खड्काले बताए । “उत्पादित मध्ये ५ क्विन्टल निकाली सकेका छौं, अरु निकाल्न बाँकी छ,” खड्काले भने ।

विद्यालयको आर्थिक संकलनका लागि सदरमुकाम लिवाङमा रहेका शिक्षण संस्था,अन्य सरकारी तथा गैरसरकारी कार्यालय र व्यापारीहरूलाई कोशेलीस्वरुप वितरण गरिरहेको र उनीहरूले आफ्नो ईच्छा अनुसार आर्थिक सहयोग गरिरहेको शिक्षक खड्काको भनाई छ । विद्यालय आफैले अदुवा उत्पादन गरेको प्रचारप्रसार गर्न र आर्थिक सहयोग संकलन गर्न कोशेली स्वरुप वितरण गर्दै हिँडेको शिक्षक खड्काको भनाई छ ।

कोशेली वितरणपछि बचेको अदुवा बजारमा बिक्री वितरण गर्ने योजना बनाएको विद्यालयले स्थायी आयश्रोतको रुपमा अदुवा खेती गरेको जनाएको छ ।

नीजि श्रोतमा काम गर्ने शिक्षकहरूको तलव व्यवस्थापनमा समस्या परेपछि विद्यालयले खेतीको योजना अगाडी बढाएको हो ।

 



प्रतिक्रिया दिनुहोस !