रोल्पामा ट्याक्टर दुर्घटना,४ बालबालिका घाइते
उमा केसी
रोल्पा । रोल्पामा ट्याक्टर दुर्घटना हुदा ४ जना बालबालिका घाइते भएका छन् । ओरालोमा राखिएको ट्याक्टरमा चढेका बालबालिका खेल्नेक्रममा ट्याक्टर दुर्घटना भएको जिल्ला प्रहरी कार्यलय रोल्पाले बताएको छ ।
रोल्पा नगरपालिकाका- ६ क्वाङघामा ना ४ त ३४२७ नं. को ट्याक्ट दुर्घटना भएको हो । घाइते हुनेहरुमा न.पा. ६ क्वाङघा बस्ने वर्ष ६ को मनिष घर्ती, नगरपालिका,सोही ठाउँ निवासी वर्ष ५ की सुहाना गुरुङ, वर्ष ६ का भरत बि.क, वर्ष ५ को पुस्कर घर्ती घाइते भएको जिल्ला प्रहरी कार्यलय रोल्पाले जानकारी दिएको छ ।
घाइतेहरुको रोल्पा अस्पतालमा उपचार भइरहेको बताइएको छ । मनिष र पुस्करलाई थप उपचारका लागि लुम्बिनी प्रदेशिक अस्पताल बुटवलमा रिफर गरिएको प्रहरीले बताएको छ ।
कच्ची भित्री सडकमा ट्याक्टर ओरालोमा ढुङगाको ओड र हेण्डब्रेक लगाई राखी रहेको अवस्थामा स–साना बच्चाहरु सो ट्याक्टरमा चढी खेल्ने क्रममा अचानक ट्याक्टर गुडी दुर्घटना भएको जिल्ला प्रहरी कार्यलय रोल्पाले बताएको छ ।








