२५ मंसिर २०८२, बिहिबार

अर्घाखाँचीको भुमिकास्थानमा जिपले ठक्कर दिंदा एक बालकको मृत्यु

प्रकाशित मिति :  30 November, 2021 11:15 am


अर्घाखाँची । अर्घाखाँचीको भुमिकास्थानमा जिपले ठक्कर दिंदा एक बालकको मृत्यु भएको छ ।

लु १ ज १७२६ नम्बरको जिपले ठक्कर दिंदा भुमिकास्थान–७, बरबासका दिपक नेपालीका ४ वर्षिय छोरा आयान नेपालीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी गणेश खनालले जानकारी दिए ।

जिपले ठक्कर दिएर घाईते भएका बालकको उपचारका क्रममा अर्घाखाँची अस्पतालमा मृत्यु भएको हो ।

सवारी र चालक प्रहरी नियन्त्रणमा छन् भने घटनाको अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस !