१६ चैत्र २०८०, शुक्रबार

अमेरिकाको एक विद्यालयमा गोली चल्दा तीनको मृत्यु, आठ घाइते

प्रकाशित मिति :  1 December, 2021 2:01 pm


अमेरीका । अमेरिकाको एउटा विद्यालयमा भएको गोली प्रहार सम्वन्धी घटनामा परी कम्तीमा तीन जनाको मृत्यु भएको छ । देशको ओक्ल्याण्ड काउन्ट्रीअन्तर्गत पर्ने मिचिगनमा रहेको अक्सफोर्ट उच्च माध्यामिक विद्यालयमा मंगलबार घटना भएको हो ।

विद्यालयका १५ बर्षीय एक विद्यार्थीले गोली प्रहार गर्दा किशोरावस्थाका तीन जनाको मृत्यु भएको हो भने अरु आठ जना घाइते भएका हुन ।

गोली प्रहारको घटना भएलगत्तै ती किशोरलाई प्रहरीले पक्राउ गरेको छ । घटनाका बारेमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

अमेरिकामा विद्यालयमा गोली प्रहारका घटना बेला बेलामा भइरहने गरेको अधिकारीहरुले जनाएका छन् । घाइते भएका मध्ये एक जना शिक्षक रहेका छन् । घाइतेहरुको स्थानीय अस्पतालमा उपचार भइरहेको जनाइएको छ ।

घाइते मध्ये छ जनाको अवस्था सामान्य रहेको छ भने दुई जनाको शल्यक्रिया नै गरिएको चिकित्सकहरुले जानकारी दिएका छन् । त्यसैगरी मृत्यु भएका तीन जना मध्ये दुई जना छात्रा रहेका छन भने एक जना छात्र रहेका छन ।रासस/एएफपी



प्रतिक्रिया दिनुहोस !