आगलागी भएको विद्यालयलाई फर्निचर सहयोग
उमा केसी
रोल्पा । बालकल्याण नमुना मावि लिवाङ रोल्पाले आगलगीबाट क्षतिग्रस्त विद्यालयलाई फर्निचर हस्तान्तरण गरेको छ ।
समुदायिक विद्यालयको सामाजिक दायित्व अन्तर्गत एक विद्यालयलाई फर्निचर हस्तारन्तरण गरेको हो ।
रोल्पा नगरपालिकाका वडा नंम्वर १ धारपानीमा रहेको कृष्ण आधारभूत विद्यालयलाई फर्निचर हस्तान्तरण गरेको विद्यालयले जनाएको छ ।
गत असोजमा आगलागी भई विद्यालय भवन र फर्निचर नष्ट भएसँगै विद्यालयले सहयोगका लागि गरेको आहावान पश्चात बाल कल्याण नमुना माविले फनिचर सहयोग गरेको हो ।
फर्निचर निर्माण रङरोगक र ढुवानी सहित करिब ५० हजारको फर्निचर विद्यालयलाई हस्तान्तरण गरिएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष महेश न्यौपानले जानकारी दिए ।
डेक्स बेन्च सहित १० थान फनिचर ग्रहण गर्दै कृष्ण आधारभूत विद्यालय धारपानीका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष गोरख महराले प्राप्त सहयोगले ठूलो राहत मिलेको बताए ।
आगलागीपछि लामो समयदेखि विद्यार्थीहरू आकाश मुनि बसेर पढ्न बाध्य भएको बताउदै विद्यालय भवन पुन निर्माणको लागी संम्वन्धित निकायलाई आग्रह गरेका थिए ।








