१३ बैशाख २०८१, बिहिबार

कृषि ज्ञान केन्द्र अर्घाखाँचीको बजेट ८ करोड ६३ लाख रुपैयाँ

प्रकाशित मिति :  2 December, 2021 5:20 pm


अर्घाखाँची । कृषि ज्ञान केन्द्र अर्घाखाँचीले आ. व ०७८/०७९ का लागि ८ करोड ६३ लाख ६९ हजार रुपैयाँको बजेट सार्वजनिक गरेको छ ।

केन्द्रले कृषि भवन, माटो परीक्षण, आकस्मिक बालीसंरक्षण, कृषि प्रबिधी प्रबन्धन, फलफूलका बिरुवा बितरण, स्टेवरी उत्पादन, बिउमा आत्मनिर्भरता, प्रतिफलमा आधारित कृषक प्रोत्साहन, मकै, आलु, सुन्तला, कागती मिसन, कृषि बिषय अध्ययन गरेका युवाहरू उद्यमशीलता विकास कार्यक्रम, कृषिकर्मी रोजगारी कार्यक्रम, विभिन्न सरोकारवालासँग अन्तरक्रिया कार्यक्रम लगायतका कार्यक्रमहरु रहेको ज्ञान केन्द्रले जनाएको छ ।

ज्ञान केन्द्रका प्रमुख राममिलन विश्वकर्माले अनुदानका कायक्रममा गत वर्षको बजेटमा प्रक्रिया पूरा नगरी अनुदान खोज्नेहरुका लागि बजेट रोका गरिएकोमा यस वर्ष पनि सोही बमोजिम कार्य अगाडि बढाउने बताए । कृषि अनुदानका लागि विधि र प्रक्रिया पूरा गरेका किसानलाई भने अनुदान दिइने उनको भनाई छ ।



प्रतिक्रिया दिनुहोस !