१३ बैशाख २०८१, बिहिबार

बेइजिङमा एक करोड बढी मानिसले कोभिड १९ को बुस्टर डोज लिए

प्रकाशित मिति :  3 December, 2021 2:11 pm


चीन । शुक्रबार बिहान १० बजेसम्म चीनको राजधानीमा एक करोडभन्दा बढी मानिसले कोभिड(१९ को बुस्टर डोज लिएको स्थानीय स्वास्थ्य अधिकारीहरूले जनाएका छन् ।

सोही अवधिमा बेइजिङमा कोभिड(१९ खोपको कुल ५२।६ मिलियन डोज लगाइएको थियो। शहरमा खोप लिनेहरू मध्ये करिब ३० लाख ६० वर्ष वा सोभन्दा माथिका छन् । तीमध्ये पनि करिब १६०,००० खोप लिनेहरू ८० वर्ष वा सोभन्दा माथिका छन्।

हालसम्म बेइजिङमा दुई करोडभन्दा बढी मानिसहरूले कम्तिमा एक डोज खोप लगाइसकेका छन् ।



प्रतिक्रिया दिनुहोस !