अपाङ्गताको क्षेत्रमा बनेका नीति नियमको कार्यान्वयनमा सरोकारको जोड
अर्घाखाँची । अपाङ्गताको क्षेत्रमा बनेका नीति नियमको पूर्ण कार्यान्वयनमा सरोकारवालाले जोड दिएका छन् ।
‘हाम्रो प्राथमिकताको आधार, अपाङ्गता भएका व्यक्तिको अधिकार’ भन्ने मूल नाराका साथ ३० औँ अन्तर्राष्ट्रिय अपाङ्गता दिवसको अवसरमा अर्घाखाँचीको सन्धिखर्कमा आयोजित अन्तरक्रिया कार्यक्रममा सरोकारवालाले अपाङ्गता भएका व्यक्तिप्रतिको व्यवहार र बनेका नीतिहरुको कार्यान्वयन पक्ष कमजोर रहेको बताएका हुन् ।
दिवसको अवसरमा सन्धिखर्कको निर्मल नवज्योति सुस्त मनस्थिती विद्यालयमा आयोजित अन्तरक्रिया कार्यक्रममा स्थानीय तहमा अपाङ्गता भएकाहरुका लागि प्रयाप्त अवसर नगरिएको वक्ताहरुको भनाई थियो ।
दिवसको अवशरमा अपाङ्गता भएका व्यक्तिहरु र बौद्धिक अपाङ्गता भएका बालबालिकाहरुसँग अन्तरक्रिया तथा कुर्सी दौढ कार्यक्रमको आयोजना गरिएको थियो ।
कार्यक्रममा निर्मल नवज्योति सुस्त मनस्थिति विद्यालय आयोजक, एचआरडिसीको आर्थिक सहयोग तथा श्रृनशील अपाङ्ग विकास केन्द्र, श्रृजनशील अपांगता सरोकार केन्द्र र अर्घाखाँची नेत्रहिन संघ लगायतको समन्वयमा सम्पन्न भएको हो ।








