२६ मंसिर २०८२, शुक्रबार

अपांगता भएका व्यक्तिलाई सवारी साधनमा सहुलियत दिन माग

प्रकाशित मिति :  7 December, 2021 6:10 pm


अर्घाखाँची  । अर्घाखाँची जिल्लाको सन्धिखर्कमा श्रृजनशील अपाङ्गता सरोकार केन्द्रले अपांगता भएका व्यक्तिलाई सवारी साधनमा सहुलियतको लागि यातायात व्यवसायीलाई नियमावली वितरण तथा ध्यानाकर्षण गराएको छ ।

श्रृजनशील अपाङ्गता सरोकार केन्द्रले आज जिल्ला प्रशासन कार्यलयमा सरोकारवालासँग भएको समीक्षा र बैठकपछि राज्यले अपाङ्गता भएका व्यक्तिहरुलाई सार्वजनिक यातायातमा यात्रा गर्दा सहुलियत नपाएको भन्दै ध्यानाकर्षण गराएको हो ।

श्रृजनशील अपाङ्गता सरोकार केन्द्रले सपाङ व्क्तिहरु जस्तो मनपरी रुपमा भाडा असुल गर्ने गरेको र यात्रामा कठिनाई हुने गरेको व्यापक गुनासो र चासोको आएको वताएको छ ।

अपाङ्गता भएका व्यक्तिहरुको हक र हितका लागि २०५२/०५३ सालदेखि नै सक्रिय रुपमा कार्य– गर्दै आएको श्रृजनशील अपाङ्गता सरोकार केन्द्रको तर्फबाट संस्थाको विनियामावली र प्रशासन कार्यालयबीच भएको बैठक , समझदारी र निर्णयलाई जानकारी दिन सो कार्यक्रमको आयोजना गरेको हो ।

संस्थाका अध्यक्षले यातायात व्यवसायीलाई सो नियमावाली हस्तान्तरण गरेका थिए। उक्त कार्यक्रममा अपांग व्यक्तिहरुले सार्वजनिक यातायातमा यात्रा गर्दा ५० प्रतिशत छूट गरि सुलभ तरिकाले यात्रामा छुट दिनु पर्नेमा मुख्य जोड दिइएको थियो ।



प्रतिक्रिया दिनुहोस !