पोखराबाट सिटी वान टेलिभिजन नियमित प्रसारणमा
पोखरा । पोखराको नयाँबजारमा रहेको सिटीवान टेलिभिजनले आफनो नियमित प्रसारण सुरु गरेको छ ।
कार्यक्रमका प्रमुख अतिथि गण्डकी प्रदेश प्रमुख पृथ्वीमान् गुरुङले सिटीवान टलिभिजनले मानव अधिकार र लोकतन्त्रको रक्षा गर्दै अगाडी बढ्नु पर्ने बताए । उनले नेपालको राजनीतिमा सञ्चार क्षेत्रले पुराएको योगदान अविष्मरणीय रहेको उल्लेख गरे ।
विशेष अतिथि नेकपा एमालेका केन्द्रीय सदस्य खगराज अधिकारीले गण्डकी प्रदेशमा जो नेता भए पनि केन्द्रमा हस्तक्षप हुनेगरी राजनीति गर्न अनुरोध गरे । पूर्व स्वाथ्य मन्त्री समेत रहेका अधिकारीले आम नागरिकको स्वतन्त्रताका लागि पनि मिडियाले ठूलो भूमिका रहेको भन्दै पछिल्लो समय न्यायालयमा रवैया देखिएकोप्रति आपत्ति जनाए ।
टेलिभिजनका अध्यक्ष पवन प्रजापतीले कोरोना कहरकाबीच पनि टेलिभिजन सञ्चालन गर्नु आफैमा चुनौती रहेको भन्दै दुर दराजका आवाज विहीनहरूको आवाजलाई आम दर्शक माझ ल्याउन टेलिभिजन सञ्चालन गरेको बताए ।








