रासस गण्डकी प्रमुख पौडललाई वर्ष उत्कृष्ट पर्यटन पत्रकारिता पुरस्कार
पोखरा । राष्ट्रिय समाचार समितिका गण्डकी प्रदेश प्रमुख वासुदेव पौडेल वर्ष उत्कृष्ट पर्यटन पत्रकारिता पुरस्कारबाट सम्मानित भएका छन् ।
नेपाल पर्यटन यातायात व्यवसायी संघ गण्डकी प्रदेशको तेस्रो वार्षिक साधारणसभा तथा दोस्रो अधिवेशनका अवसरमा पौडेललाई गण्डकी प्रदेशका अर्थ मन्त्री रामजी बराल(जीवन) र संघका अध्यक्ष बोबरजङ्ग गुरुङले २५ हजार रुपैयाँ नगदसहित सम्मानपत्रबाट सम्मान गरेका हुन् ।
पौडेललाई समाचार लेखनका माध्यमबाट पर्यटन क्षेत्रको प्रवद्र्धन र विकासमा महत्वपूर्ण योगदान पु¥याएको भन्दै सम्मान गरिएको हो । कार्यक्रममा अर्थमन्त्री बरालले कोरोना प्रभावित पर्यटनको पुनरुत्थान अहिलेको आवश्यकता भएको बताउँदै थलिएको पर्यटनलाई अघि बढाउने विषय सरकारको प्राथमिकतामा परेको बताए ।
नेपाल पर्यटन यातायात व्यवसायी संघ गण्डकी प्रदेशका अध्यक्ष बोबरजङ्ग गुरुङले धार्मिक पर्यटनका माध्यमबाट समृद्धि हासिल गरिने लक्ष्यका साथ धार्मिक पर्यटकीय स्थलको प्रवद्र्धनलाई संघले प्राथमिकतामा राखेको बताउनुभयो ।
कर नीतिको विषयमा सरकार स्पष्ट हुनुपर्नेमा जोड दिदै उहाँले व्यवसायी कर तिर्न तयार भएको तर एकद्वार प्रणाली आवश्यक हुने बताए ।
कार्यक्रममा बोल्दै नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेश कार्यालयका प्रमुख काशीराज भण्डारी, पोखरा पर्यटन परिषद्का अध्यक्ष गोपीबहादुर भट्टराई, नेपाल पर्यटन यातायात व्यवसायी संघका केन्द्रीय अध्यक्ष सन्तोष न्यौपाने, नेपाल चेम्बर अफ कमर्स गण्डकीका अध्यक्ष किसान सुनार, महसचिव सुरेश दाहाल, प्रथम उपाध्यक्ष बाबुराम पाण्डे लगायतले पर्यटन प्रवद्र्धनका विषयमा धारणा राखेका थिए ।








