१७ पुस २०८२, बिहिबार

सन्धिखर्क नगरपालिकाद्धारा वडामै पुगेर योजना सम्झौता गर्न शुरु

प्रकाशित मिति :  10 December, 2021 6:24 pm


अर्घाखाँची । अर्घाखाँचीको सन्धिखर्क नगरपालिकाले वडामै पुगेर योजना सम्झौता कार्य शुरु गरेको छ ।

छिटो छरितो सेवा प्रवाह गर्न र योजना सम्झौता गर्न नगरपालिकामा आउनु पर्ने झन्झटको अन्त्य गर्न भन्दै नगरपालिकाले आज वडा नम्बर(८ को वडा कार्यलयमै पुगेर योजना सम्झौता गरेको सन्धिखर्क नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत नारायण अर्यालले जानकारी दिए ।

पुस मसान्तसम्म योजना सम्पन्न गर्नेगरि वडा कार्यलयबाटै योजना सम्झौता गरिएको हो । वडामै योजना सम्झौता गर्न पाएपछि स्थानीय उपभोक्ताहरु खुशी भएका छन् ।

वडामै सम्झौता हुनेभएपछी झन्झटिलो प्रक्रिया बेहोर्न नपर्ने तथा यातायात खर्च र अन्य फजुल खर्च बच्ने उनीहरुको भनाई छ ।

नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत नारायण अर्याल, शाखा अधिकृत मञ्जु खनाल, इन्जिनियर प्रमोद केसी, योजना शाखाका दिलिप कुमार केसी लगायतको टोलीले वडामै पुगेर योजना सम्झौता गरेको हो ।



प्रतिक्रिया दिनुहोस !