योग समितिको अध्यक्षमा पुन : भट्टराई, एक दर्जन कोरोना बिरुद्धका योद्धा सम्मानित
नेपालगञ्ज । योग समिति नेपालको अध्यक्षमा पुन ः योग गुरु गिरीराज भट्टराई चयन भएका छन् । आज नेपालगञ्जमा आयोजना गरिएको योग समिति नेपालको साधारणसभा तथा दोस्रो अधिवेशनबाट पुन भट्टराईको अध्यक्षमा सर्वसहमतिबाट १५ सदस्यीय कार्यसमिति चयन गरिएको हो ।
नव निर्वाचित कार्यसमिति उपाध्यक्षद्धयमा लोकमाया सुबेदी (सुमित्रा) र जगदिश तिमल्सेना, सचिवमा निर्माला शाह, सहसचिवमा शालिकराम खनाल, कोषाध्यक्षमा अम्बिका कोईराला, सहकोषाध्यक्षमा मन्दरा शर्मा चयन भएका छन् ।
निर्वाचिन समिति संयोजक बिश्वजित तिवारीका अनुसार कार्यसमिति सदस्यहरुमा जया चन्द, शर्मिला शाह, सरिता सिंह, ज्योति प्रसाद पौडेल, झविलाल शर्मा र टंकनाथ पौडेले चयन भएका छन् ।
यस्तै खिमानन्द अर्याल र चिरन्जीवि ज्ञवाली मनोनित सदस्यमा चयन भएका छन् । यसैबीच अधिवेशनको उदघाटन शत्रमा बोल्दै बरिष्ठ आर्युवेद चिकित्सक बुद्धि प्रकास रेग्मीले योग समिति बास्तविक रुपमा समस्यामा परेका र सहाराबिहिनलाई सहारा दिने काममा सक्रिय बन्नुपर्ने बताएका थिए ।
“योग आफैमा सबैका लागि अनिवार्य नै छ, जसले योग गर्ने बानी बनाउँछ उसका लागि शारीरीक सक्रियतामा फलदायी साबित हुन्छ,” बरिष्ठ चिकित्सक रेग्मीले भने,“ योग समिति नेपालले अरुलाई सहयोग गर्नका लागि कोष निर्माण गर्न आवश्यक छ ।”
यसैगरी साधारणसभाको अवसरमा कोरोना बिरुद्धको योद्धाहरुलाई सम्मानित गरिएको छ । कोरोना महामारीका समयमा पनि समुदायस्तरमा जनचेतना फैलाउने योग समिति नेपालका कोरोना बिरुद्ध लागेका एक दर्जन व्यक्तिहरुलाई प्रमाण तथा दोसल्लामार्फत सम्मानित गरिएको हो ।








