२६ मंसिर २०८२, शुक्रबार

तालाबन्दीका कारण रजिस्ट्रेशन फर्म भर्न नपाएको विद्यार्थीको गुनासो

प्रकाशित मिति :  17 December, 2021 7:10 pm


रोल्पा । बालकल्याण नमूना मावि लिवाङ रोल्पामा अध्ययनरत ११ र १२ कक्षाका विद्यार्थीले तालाबन्दीका कारण परीक्षा फर्म भर्न नपाएको भन्दै चिन्ता व्यक्त गरेका छन् ।

संयुक्त विज्ञप्ति जारी गर्दै उनीहरूले राजिष्ट्रेशन फर्म भर्न नपाएको भन्दै समस्या समाधानका लागि आग्रह गरेका छन् ।

आज जारी गरिएको विज्ञप्तिमा विद्यार्थीहरूले भनेका छन्,“राजिस्ट्रेसन फारम भर्ना रोकिएको एकहप्ता वितिसक्दा पनि समस्या समाधान तर्फ अग्रसर नहुँदा र विद्यालयले प्रकाशन गरेको सूचना अनुसार हाम्रो राजिस्ट्रेसन फारम भर्ने अन्तिम म्याद सकिनै लाग्दासम्म पनि तालाबन्दी गर्ने पक्षले हाम्रो संवेदनशीलताप्रति ध्यान नदिनु दुःखदायी छ ।”

पुस ५ गतेसम्म आफूहरूको रजिस्ट्रेसन फारम भर्ने अन्तिम म्याद भएको भन्दै त्यसदिनसम्म सम्पूर्ण विद्यार्थीहरूको राजिष्ट्रेसन फारम भर्ने वातावरण सिर्जन गर्न समयसीमा दिएका छन् ।

उनीहरूले भनेका छन्,“हाम्रो शैक्षिक भविस्यको लागि पनि हामी आफ्नै पहलकदमीबाट सशक्त हस्तक्षेप गर्न बाध्य हुने सम्बन्धित पक्षलाई अवगत गराउन चाहन्छौं ।”



प्रतिक्रिया दिनुहोस !