बैदाम समाजमा फेरि ज्याक तामाङ
प्रकाशित मिति : 21 December, 2021 3:56 pm
पोखरा । बैदाम तामाङ सेवा समाजको दशौं बार्षिक साधारण सभा तथा छैंठौं अधिवेशनले पुनः ज्याक तामाङको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ ।
१५ सदस्यिय कार्यसमितिमा सरस्वती तामाङ उपाध्यक्ष, निमा तामाङ सचिव, लक्ष्मण तामाङ सहसचिब, कविता योञ्जन कोषाध्यक्षमा निर्वाचित भएका छन् ।
यसैगरि सदस्यहमा टेकबहादुर तामाङ, खड्क बहादुर तामाङ, बंगेल लामा, नम्रता तामाङ, सन बहादुर तामाङ, बम बहादुर तामाङ, निरक तामाङ, धवा तामाङ, रजनी तामाङ, कृष्णबहादुर बोल निर्वाचित भएका छन् ।
कार्यक्रमका प्रमुख अतिथि धनबहादुर तामाङले वितेको १० वर्षमा बैदाम तामाङ सेवा समाजले विशेष पहिचान बनाएको बताए । समाजका अध्यक्ष ज्याक तामाङले सबैको सहयोगले नै समाजले समुदायको हितका लागि काम गर्न सकेको बताए ।








