२८ मंसिर २०८२, आइतबार

अर्घाखाँचीमा नेपाल मानव अधिकार वर्षपुस्तक वार्षिक पूर्व समीक्षा

प्रकाशित मिति :  27 December, 2021 5:26 pm


अर्घाखाँची । नेपाल मानव अधिकार वर्षपुस्तक २०२२ का लागि सङ्कलन गरिएका घटनाहरूको प्रकाशन पूर्व समीक्षा कार्यक्रम अर्घाखाँचीको सन्धिखर्कमा भएको छ ।

कार्यक्रममा इन्सेक अर्घाखाँचीका जिल्ला प्रतिनिधि कुल बहादुर नेपालीले मानवअधिकार वर्षपुस्तक सन २०२२ का लागि अर्घाखाँचीमा संकलन गरिएका घटनाहरुको विवरण प्रस्तुत गरेका थिए । जसमा नेपालीले कर्तव्य ज्यान मुद्दामा ९ वटा जबरजस्ती करणी १९ वटा बहुविवाह २ कुटपिट १ घरेलु हिसा १ अपरहण १ बन्द हड्ताल हिरासत १ गैरकानुनी हिरासत २ जना अभद्र व्यवहार गर्न नहुने २२ जना सार्वजनिक हित संरक्षण १ गरी ५९ वटा मुदा रहेको नेपालीले सार्वजनिक गरे ।

समीक्षामा जिल्ला प्रशासन कार्यालय अर्घाखाँचीका प्रमुख जिल्ला अधिकारी हरि प्रसाद घिमिरेले मानव अधिकार वर्ष पुस्तकमा राखिएका विषयवस्तुहरू समय सन्दर्भ अनुसार हुने बताए ।

जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका प्रमुख प्रहरी नायब उपरीक्षक अम्बर बहादुर थापा क्षेत्रीले आफूहरूको सेवा प्रवाह मानव अधिकारमैत्री पनि बन्दै गएको महसुस इन्सेक प्रतिवेदनबाट पुष्टि भएको प्रतिक्रिया दिए ।

“केहि समय पहिलेसम्म मानवअधिकार क्षेत्रमा काम गर्ने संस्थाहरूका प्रतिवेदन प्रहरी प्रशासनलाई मात्रै दोष दिने गरेको, भएतापनि ‘समय र परिस्थीति अनुसार प्रहरी प्रशासन र मानव अधिकारका विषयवस्तु परिवर्तन हुँदै गएका छन् ।”

जिल्ला कारागार अर्घाखाँचीका प्रमुख नुमलाल पन्थीले कारागारका समस्याका बारेमा जानकारी गराए । नेपाल बार एशोसियसन गुल्मीका अध्यक्ष विजय खत्रीले कानुनका झन्जटिला प्रक्रिया र विधि विज्ञान प्रयोगशालाबाट रिर्पोट आउन ढिला भएका कारण बैदीबन्दीको मुद्दा समयमै टुङ्गो लाग्न नसकेको बताए ।

जिल्ला सहमहान्याधिवक्ता निराजन शर्माले मानव अधिकारको रक्षाको लागि इन्सेकले गरेको भूमिका महत्वपूर्ण भएको बताए ।
जिल्ला अदालतका श्रेस्तदार महेश खनालले मानव अधिकार रक्षाका लागि हरेक निकाय जिम्मेवार बन्नुपर्ने बताए ।

दलित अधिकारकर्मी विष्णु परियारले मानव अधिकारकर्मीहरू सधै नकारात्मक बिषयको पैरवी गर्छन् भन्ने मानसिकताको अन्त्य गर्न सामाजिक अधिकारका विषयमा सबैले सहकार्य र सम्वन्य गर्न आवश्यक रहेको बताए ।



प्रतिक्रिया दिनुहोस !