२८ मंसिर २०८२, आइतबार

चण्डी आधारभूत विद्यालयलाई सेन्ट्रल गार्डनको ‘न्यानो’

प्रकाशित मिति :  27 December, 2021 5:48 pm


पोखरा । लायन्स क्लब अफ पोखरा सेन्ट्रल गार्डनले शैक्षिक सामग्री हस्तान्तरण गरेको छ ।

क्लबको चार्टर डे २९ डिसेम्बरको पूर्व सन्ध्यामा वार्षिक क्यालेण्डर अनुसार क्लबले पोखरा–२२ उल्लेरीको चण्डी आधारभूत विद्यालयमा विद्यालयका लागि ५० हजार रुपैयाँ बराबरको टेलिभिजन, डिसहोम, पुस्तक, विद्यार्थीलाई टोपी, स्वेटर, स्टेशनरी र मास्कलगायतका शैक्षिक सामग्री हस्तान्तरण गरेको हो ।

कार्यक्रममा जोन चियर पर्सन कृष्णप्रसाद तिमिल्सिनाले सहयोग गर्न पाउँदा रमाउने बताए । उनले राज्यलाई सत् मार्गमा हिँडाउने भविष्यका कर्णधार भनेकै सामुदायिक विद्यालयका भाइबहिनी भएकाले उनीहरूसँग लायन्स सधै साथमा रहने धारणा राखे ।

क्लबका संस्थापक अध्यक्ष हरि भाटले क्लबले लायन्स लिडरहरूका जन्मदिन पारेर विभिन्न सामाजिक सेवामुलक कार्य गर्ने सन्दर्भमा यस पटक उल्लेरी पुगेको बताए ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष गणेशबहादुर गुरुङले सामुदायिक विद्यालयका भाइबहिनीको सुनौलो भविष्यका लागि अभिभावक पहिला जिम्मेवार हुनुपर्ने बताए ।

विद्यालयका प्रधानाध्यापक विष्णु थापाले क्लबको सहयोग विद्यालयका लागि अमूल्य रहेको र यस्ता कार्यक्रमलाई निरन्तरता दिन पनि आग्रह गरिन् ।

कार्यक्रममा लायन्स क्लब अफ पोखरा सेन्ट्रल गार्डनका अध्यक्ष सुब्बा घिमिरे, पूर्व अध्यक्ष कृष्ण रानाभाट, प्रथम उपाध्यक्ष आनन्द पौडेल, सदस्य जमुना बास्तोलालगायतले बोलेका थिए ।



प्रतिक्रिया दिनुहोस !