२५ बैशाख २०८१, मंगलबार

वामदेव गौतमलाई राष्ट्रियसभामा लैजाने नेकपाको निर्णय

प्रकाशित मिति :  26 February, 2020 1:37 pm


काठमाडौ, १४ फागुन । 
नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालय बैठकले उपाध्यक्ष वामदेव गौतमलाई राष्ट्रियसभा सदस्य बनाउने निर्णय गरेको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सचिवालयको बैठकले गौतमलाई मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रपतिले नियुक्त गर्ने कोटामा राष्ट्रिसभामा पठाउन लागेको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।

गौतम गत प्रतिनिधसभाको निर्वाचन बर्दिया क्षेत्र नं १ बाट नेपाली कांग्रेसका उम्मेदवार सञ्जय गौतमसँग पराजित भएका थिए ।

 



प्रतिक्रिया दिनुहोस !