१७ बैशाख २०८१, सोमबार

वरिष्ठ संगीतकार शम्भुजीतलाई ‘जीवन्त योगदान संगीत’ले सम्मान गरिने

प्रकाशित मिति :  2 January, 2022 1:59 pm


काठमाडौं ।वरिष्ठ संगीतकार तथा नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका पूर्व उपकुलपति शम्भुजीत बाँसकोटालाई जीवन योगदान संगीत सम्मान २०७८ बाट सम्मानित गरिने भएको छ।

विगत साढे चार दशकदेखि नेपाली संगीत वृत्तमा सक्रिय बाँसकोटालाई अग्लेश्वरी हिल्स विकास कोषले सोमबार जीवन नेपाल म्युजिक अवार्ड समारोहमा सो सम्मानबाट सम्मानित गरिने भएको हो ।

सोही कार्यक्रममा संगीतकार शिलाबहादुर मोक्तान, गीतकार श्रवण मुकारुङ र गायिका कुन्ती मोक्तान विशिष्ट योगदान संगीत सम्मानबाट सम्मानित हुने भएका छन् । यस्तै पत्रकारका तर्फबाट अग्रज पत्रकार विदुर गिरी र मनोहरि थापा पनि कार्यक्रममा सम्मानित हुने भएका छन् ।

सांगीतिक क्षेत्रबाट आनी छोइङ डोल्मा, मिलन मोक्तान, डा। डिआर उपाध्याय, धनकुमारी थापा (सरु), विशेष सेवा तर्फबाट नेपाल विद्युत् प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङ र लेखकबाट शंकर तिवारी पनि वरिष्ठ सम्मानबाट सम्मानित हुँदैछन् ।



प्रतिक्रिया दिनुहोस !