सुनको मूल्य घट्यो
प्रकाशित मिति : 3 January, 2022 11:25 am
काठमाडौं ।नेपाली बजारमा आज सुनको मूल्य प्रतितोला रु ३००ले घटेरको छ । आइतबार ९३ हजार ४ सयमा कारोबार भएको छापावाला सुनको मूल्य ३ सयले घटेर ९३ हजार १०० सयमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ ।
महासङ्घले सार्वजनिक गरेको विवरणानुसार आज तेजाबी सुनको मूल्य प्रतितोला रु ९२ हजार ६०० कायम भएको छ । तेजावी सुन आइतबार प्रतितोला रु ९२ हजार ९०० मा कारोबार भएको थियो ।
त्यस्तै आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यको तुलनामा प्रतितोला रु पाँचले घटेर १२६५ मा कारोबार भएको महासङ्घले जनाएको छ । चाँदी आइतबार प्रतितोला रु एक हजार २७० मा कारोबार भएको थियो ।








