२८ मंसिर २०८२, आइतबार

अर्घाखाँचीमा चालक तथा सहचालकहरुको निशुल्क स्वास्थ्य परीक्षण

प्रकाशित मिति :  4 January, 2022 5:35 pm


अर्घाखाँची । अर्घाखाँचीमा चालक तथा सहचालकहरुको निशुल्क स्वास्थ्य परीक्षण गरिएको छ ।

मानवीय कारण हुने सवारी दुर्घटना न्यूनिकरणका लागि चालक तथा सहचालकहरुलाई लक्षित गरी निशुल्क स्वास्थ्य परिक्षण गरिएको प्रहरी नायव उपरीक्षक अमर थापाले जानकारी दिए ।

सवारी दुर्घटना न्यूनिकरणका लागि टेवा पुर्‍याउने उद्देश्यले गरिएको स्वास्थ्य परीषणमा १४१ जना चालक तथा सहचालकहरुको स्वास्थ्य परिक्षण गरिएकोमा १२ जनामा स्वास्थ्य समस्या देखिएको थापाले जानकारी दिए ।

थापाका अनुसार ७ जनामा प्रेसरको समस्या देखिएको छ भने ५ जनामा आँखाको समस्या देखिएको छ । स्वास्थ्यमा समस्या देखिएकाहरुलाई थप उपचारको लागि अस्पताल पठाइएको जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रविण आचार्यले जानकारी दिए ।

कार्यक्रमको उद्घाटन गर्दै प्रमुख जिल्ला अधिकारी हरिप्रसाद घिमिरेले गाडीको जस्तै चालक तथा सहचालकहरुको पनि नियमित स्वास्थ्य परिक्षण हुनुपर्ने बताए । यात्रुहरुको जीवन चालकहरुको हातमा हुने भन्दै घिमिरेले स्वास्थ्यप्रति चालकहरु विशेष सचेत बन्नुपर्ने उल्लेख गरे ।

सन्धिखर्क नगरपालिका वडा नं. १ बसपार्कमा आयोजना गरिएको स्वास्थ्य परिक्षण शिविरमा उत्साहजनक रुपमा चालक तथा सहचालकहरुको उपस्थिति रहेको थियो ।



प्रतिक्रिया दिनुहोस !