१६ बैशाख २०८१, आइतबार

सरसफाइ अभियान्ता नमस्तेलाल भूमिद्वारा लिखित ‘सकारात्मक सोच, खोज र रोज’ पुस्तक विमोचन

प्रकाशित मिति :  7 January, 2022 6:52 pm


काठमाडौं । तनहुँको बन्दिपुरमा जन्मेर लामो समय विभिन्न अन्तरराष्ट्रिय तथा राष्ट्रिय सङ्घसंस्थामा कार्यरत रहँदै नेपालको सफाइ अभियानमा सङ्लग्न भएको नमस्तेलाल नेपालको सरसफाइको क्षेत्रमा चिरपरिचित नाम हो ।

उनै अभियान्ता नमस्तेलाल भूमिद्वारा लिखित ‘सकारात्मक सोच, खोज र रोज’ पुस्तक शुक्रवार एक कार्यक्रमका बीच विमोचन गरिएको छ । पुस्तक विमोचल कार्यक्रममा श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री कृष्णकुमार श्रेष्ठ र खानेपानी मन्त्रालयका सचिव प्रमिलादेवी शाक्य बज्राचार्य, लेखक खगेन्द्र संग्रौला लगायका अतिथीले अनावरण गरेका थिए ।

पाँच खण्डमा विभाजित उक्त पुस्तकमा दैनिक जीवनमा प्रयोग हुने अनमोल शब्द, सकारात्मक सोच, खोज र रोज, तनावमुक्त जीवन जीउने उपाय, इतिहासका २० प्रेरणादायी सकारत्मक घटना, कथासार र मार्गदर्शन तथा सत्य, सकारात्मक तथा चाखलाग्दा २० कथा व्यथा समेटिएको लेखक नमस्ते लालले जानकारी दिए।

लेखक खगेन्द्र संग्रौलाले सरसफाइ आर्थिक तथा सामाजिक जीवनसँग जोडिएको उल्लेख गर्दै शैक्षिक र सांस्कृतिक चेतनाको विकास गर्न नमस्तेलालले गरेको सहयोग प्रशंसायोग्य रहेको बताए। यस्ता सामाजिक अभियान सँगै मानिसको जीवनस्तर उकास्न र मानिसहलाई शैक्षिक चेतनाको लागि पहल गर्दा अझ बढि प्रभावकारी हुने लेखक संग्रौलाको भनाइ छ ।

नमस्ते लालको सक्रियतामा सन् २००० देखि नेपालमा राष्ट्रिय सरसफाइ सप्ताह तथा विद्यालय सरसफाइ कार्यक्रम र सन् २००६ मा विद्यालयको अगुवाइमा पूर्णसरसफाइ कार्यक्रमको प्रवर्तक बनी चार हजार ५०० बढी विद्यालयमा सेवा क्षेत्रभित्र खुला दिसामुक्त घोषणा गराउन प्रभावकारी भुमिका खेलेको छन् । उनकै अगुवाइमा सन् १९९८ मा तत्कालीन ७५ जिल्लाका सभापति र नगर प्रमुखको सहभागितामा सरसफाइ सम्मेलन भएको थियो ।

सोही अवसरमा नेपालको सरसफाइ अभियानमा उल्लेख्य योगदान पुर्‍याउने विभिन्न व्यक्तित्वलाई सम्मान र ‘मार्गदर्शक विचार’ नामक पुस्तक पनि विमोचन गरिएको थियो ।



प्रतिक्रिया दिनुहोस !