५ माघ २०७८, बुधबार

कांग्रेसका लुम्बिनी प्रदेश सभापति पुनलाई गृह जिल्ला रोल्पामा सम्मान

प्रकाशित मिति :  २९ पुष २०७८, बिहीबार १७:२७


रोल्पा । नेपाली कांग्रेस रोल्पामाले लुम्बिनी प्रदेशका नवनिर्वाचित सभापति अमरसिंह पुनलाई सम्मान गरेको छ ।

सदरमुकाम लिवाङमा भएको कार्यक्रममा पुनले राष्ट्रको लागि केहि योगदान दिन आफू राजनीतिमा आएको बताए । सभापति पुनले भने,“ सम्पूर्ण पेशा व्यवसाय र सुखद जीवन त्यागेर राजनीतिमा आएको हुँ ।

राजनीति मेरो मेरो एउटा निर्विकल्प काम   हो । म मेरो जिल्ला, प्रदेश र समग्र राष्ट्रलाई केहि योगदान दिने संकलन र अठोट सहित राजनीतिमा आएको हुँ ।”

सभापति पुनले सक्षम र क्षमतावान युवाहरूको आकर्षणको केन्द्र अब कांग्रेस बनाउनु पर्ने खाकासहित लुम्बिनी कांग्रेसले योजना बनाइरहेको उल्लेख गरे । आफूले रोल्पाको शिर निहुराउने कुनै काम नगर्ने सभापति पुनको प्रतिबद्धता थियो ।

सभापति पुनले निर्वाचन पछिको हार्दिकतालाई कायम राख्दै संगठन निर्माण, सबलीकरण तथा सुढृढीकरणमा लाग्न नेता कार्यकर्तालाई आग्रह गरेका छन् ।



प्रतिक्रिया दिनुहोस !