१६ चैत्र २०८०, शुक्रबार

पछिल्लो २४ घण्टामा भारतमा २ लाख ८२ हजार बढी कोरोना संक्रमित थपिए

प्रकाशित मिति :  19 January, 2022 12:48 pm


काठमाडौं । भारतमा पछिल्लो २४ घण्टामा देशभर दुई लाख ८२ हजारभन्दा बढी नयाँ कोरोना संक्रमित थपिएका छन् ।

पछिल्लो २४ घण्टामा दुई लाख ८२ हजार ९७० जना नयाँ संक्रमित थपिएको भारतको केन्द्रीय स्वास्थ्य मन्त्रालयले जनाएको छ । त्यस्तै, उक्त अवधिमा ४४१ जना संक्रमितको मृत्यु भएको मन्त्रालयको भनाइ छ ।

पछिल्लो २४ घण्टामा सबैभन्दा धेरै संक्रमित पुष्टि भएका ५ राज्यमा कर्नाटक शीर्ष स्थानमा छ । त्यहाँ ४१ हजार ४५७ जना नयाँ संक्रमित थपिएका छन् ।

त्यस्तै, दोस्रो स्थानमा रहेको महाराष्ट्रमा पछिल्लो २४ घण्टाभित्र ३९ हजार २०७ जनामा कोभिड संक्रमण पुष्टि भएको छ । केरलमा २८ हजार ४८१, तमिलनाडुमा २३ हजार ८८८ र गुजरातमा १७ हजार ११९ जना नयाँ सक्रमित थपिएका छन् ।

हालसम्म भारतमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या तीन करोड ७९ लाख नाघेको छ । यसमध्ये तीन करोड ५५ लाख संक्रमित निको भएका छन् । यसबाहेक, कोभिड संक्रमणबाट ज्यान गुमाउनेको कुल संख्या ४ लाख ८७ हजार २०२ पुगेको छ ।

भारतमा सक्रिय संक्रमितको संख्यासमेत बढिरहेको छ । हाल त्यहाँ सक्रिय संक्रमितको संख्या बढेर १८ लाख ३१ हजार पुगेको छ । दैनिक संक्रमण दर समेत बढेर १५.१३ प्रतिशत पुगेको भारतीय समाचार माध्यमले जनाएका छन् ।

कोभिड(१९ को नयाँ ओमिक्रोन भेरियन्टका संक्रमित को संख्या ८ हजार ९६१ पुगेको भारतीय स्वास्थ्य मन्त्रालयले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस !