१३ बैशाख २०८१, बिहिबार

आन्तरिक हवाई यात्रामा यात्रुको एन्टिजेन परीक्षण अनिवार्य नगरिने

प्रकाशित मिति :  19 January, 2022 5:34 pm


काठमाडौं । अबदेखि आन्तरिक हवाई यात्रामा हवाई यात्रुको एन्टिजेट परीक्षण अनिवार्य नगरिने भएको छ । बुधबार गृहमन्त्रालयमा बसेको बैठकमा छोटो दुरिको यात्राको लागि यस्तो प्रावधान अव्यवाहरिक भएको भन्दै अनिवार्य नगर्ने मौखिक सहमति भएको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका सहसचिव बुद्धिसागर लामिछानेले वायुसेवा कम्पनीलाई जानकारी गराएका छन् । सोही अनुसार वायुसेवा सञ्चालक संघले आफ्नो सदस्यहरुलाई सर्कुलर गरेको छ ।

मन्त्रालयका अनुसार एन्टिजेन चेक अनिवार्य नभए पनि यात्रुले खोप कार्ड तथा मोबाइलमा खोप कार्डको फोटो अनिवार्य लैजानु पर्ने छ ।

यात्रुको तापक्रम नाप्ने व्यवस्था भने वायुसेवा कम्पनीले मिलाउनु पर्नेछ भने यात्रु चेक इन गर्ने समयमा उनीहरुलाई संक्रमक रोग सम्बन्धि लक्षण भए नभएकोबारे सोधपुछ गरिने मन्त्रालयले जारी गरेको सूचनामा उल्लेख गरिएको छ ।

नयाँ निर्णय अनुसार यात्रुले दोब्बर माक्स लगाएको हुनुपर्ने छ । यस अवस्थामा फेस शिल्ड अनिवार्य गरिने छैन । यात्रा अवधिभर माक्स खोल्न पाइने छैन । यात्रुसँग खोप कार्ड हुनुपर्ने छ । कार्ड बोक्न नसक्दा मोवाइलमा फोटो देखाए पनि हुने व्यवस्था गरिएको मन्त्रालयले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस !