२२ बैशाख २०८१, शनिबार

नेप्सेमा ४ कम्पनीको १ करोड ३४ लाख बढी कित्ता सेयर सूचिकृत

प्रकाशित मिति :  20 January, 2022 2:37 pm


काठमाडौं । नेपाल स्टक एक्सचेन्जमा आज ४ कम्पनीका १ करोड ३४ लाख बढी कित्ता सेयर सूचीकृत भएका छन्। बिहीबार नेप्सेमा माछापुच्छ्रे बैंक, आशा लघुवित्त, साधना लघुवित्त र गुराँस लघुवित्तका कुल १ करोड ३४ लाख ९१ हजार ८८९ कित्ता बोनस सेयर सूचीकृत भएका हुन्।

नेप्सेमा माछापुच्छ्रे बैंकको १ करोड २० लाख ४० हजार ६१० कित्ता बोनस सेयर सूचीकृत भएको छ। यो बैंकले गत आर्थिक वर्षमा आफ्ना सेयरधनीहरुलाई १३.३० प्रतिशत बोनस सेयर वितरण गरेको थियो।

यसैगरी आशा लघुवित्तको ६ लाख ६७ हजार ८२८ कित्ता सुचिकृत भएको छ भने लघुवित्तले गत आर्थिक वर्षमा २५ प्रतिशत बोनस सेयर वितरण गरेको थियो ।

साधना लघुवित्तको ६ लाख ४२ हजार ४५१ कित्ता सेयर नेप्सेमा सूचिकृत भएको छ । लघुवित्तले गत आर्थिक वर्षमा २५ प्रतिशत बोनस सेयर वितरण गरेको थियो भने गुराँस लघुवित्तको पनि १ लाख ४१ हजार कित्ता बोनस सेयर सूचीकृत भएको छ । यो लघुवित्तले गत आर्थिक वर्षमा १६.९० प्रतिशत बोनस सेयर वितरण गरेका थिए।



प्रतिक्रिया दिनुहोस !