२३ बैशाख २०८१, आइतबार

साताको कारोबारको अन्तिम दिन दोहोरो अंकले बढ्यो नेप्से परिसूचक

प्रकाशित मिति :  20 January, 2022 3:37 pm


आज साताको अन्तिम कारोबारको दिन सेयर बजार दोहोरो अंकले बढेको छ । केही सातादेखि निरन्तर बढेको सेयर बजार हिजो र अस्ति (मंगलबार, बुधबार) भने ओरालो लागेको थियो ।

बढ्दो बजारमा लगानीकर्ताले नाफा बुक गर्दा दुई दिन केही करेक्सन आएको मात्रै हो एक सेयर बजार विज्ञले भने हिजो र अस्ति नेप्से परिसूचक घट्दा कारोबार रकम भने बढेकै थियो त्यसैले बजारले अब छिट्टै नयाँ रेकर्ड राख्नेछ ।

नेपाल स्टक एक्सचेञ्जका अनुसार आज (बिहीबार) सेयर कारोबार मापक नेप्से परिसूचक ३२.९६ अंकले बढेर २९३१.२६ अंकमा पुगेको छ भने सेन्सेटिभ परिसूचक पनि ०.७६ अंकले बढेर ५४३.७४ अंकमा पुगेको छ ।

नेप्सेमा आज कारोबार भएका कूल १३ उपसमूहमध्ये आज बैंकिङ्ग र म्युचुअल फण्डबाहेक बाँकी सबै उपसमूहमा हरियाली छाएको छ ।

बिहीबार नेप्सेमा मैलुङ खोला जलविद्युत कम्पनी लिमिटेड र तेह्रथुम पावर कम्पनी लिमिटेडका लगानीकर्ताले सबैभन्दा धेरै नाफा कमाएका छन् । कम्पनीको सेयरमूल्य १० प्रतिशतले बढेर सकरात्मक सर्किट लागेको छ ।

बुद्धभूमी नेपाल हाइड्रोपावर कम्पनी लिमिटेडको सेयरमूल्य पनि ९.९७ प्रतिशतले बढेर सकरात्मक सर्किट लेबलमा कारोबार भएको छ ।
त्यस्तै आज १२ प्रतिशत आईसीएफसी फाइनान्स डिबेञ्चर २०८३ का लगानीकर्ताले सबैभन्दा धेरै गुमाएका छन् । उक्त डिबेञ्चरको मूल्य ४.३९ प्रतिशतले घटेको छ ।

कूल २२९ वटा कम्पनीको एक करोड ५९ लाख ८९ हजार ७ सय ४४ कित्ता सेयर किनबेच हुँदा ५ अर्ब ७७ करोड ३१ लाख २० हजार ४ सय ९ रूपैयाँ १८ पैसा बराबरको कारोबार भएको नेप्सेले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस !