१९ बैशाख २०८१, बुधबार

कोरोना भाइरसः उपराष्ट्रपतिको सार्वजनिक कार्यक्रम स्थगित

प्रकाशित मिति :  2 March, 2020 11:04 pm


काठमाडाैं, १९ फागुन ।

कोरोना भाइरस (कोभिड–१९) को सम्भावित खतरालाई दृष्टिगत गर्दै उपराष्ट्रपति नन्दबहादुर पुन सार्वजनिक कार्यक्रमहरुमा सहभागी नहुने उहाँको सचिवालयले जनाएको छ ।

उपराष्ट्रपतिले निश्चित भइसकेका सार्वजनिक कार्यक्रम स्थगन गर्न र थप कार्यक्रम नलिन आइतबार नै नीजि सचिवालयलाई निर्देशन दिनुभएको छ । उहाँको निर्देशन र कोभिड–१९को सम्भावित प्रकोप रोक्न सरकारले बनाएको योजनालाई दृष्टिगत गर्दै पूर्वनिर्धारित सार्वजनिक कार्यक्रम स्थगन गरिएको उपराष्ट्रपतिको सचिवालयले जनाएको छ ।

सरकारले कोभिड–१९ को सम्भावित प्रकोप न्यूनीकरण र सहज अवस्था सिर्जना भएको बारे सार्वजनिक जानकारी नगराएसम्म उहाँ अत्यावश्यक बाहेकका सार्वजनिक कार्यक्रममा सहभागी नहुने उपराष्ट्रपतिका प्रेस संयोजक मनोज घर्तीमगरले जानकारी दिनुभयो । उपराष्ट्रपतिले कोभिड–१९ को सम्भावित प्रकोप नियन्त्रणसम्बन्धी सरकारको योजनामा सघाउन अपिल गर्दै नआत्तिन र उच्च सावधानी अपनाउन सबैलाई आग्रह गर्नुभएको छ ।



प्रतिक्रिया दिनुहोस !