प्रेस चौतारी स्याङ्जाको अध्यक्षमा सुवेदी
प्रकाशित मिति : 25 January, 2022 12:10 pm
स्याङ्जा । प्रेस चौतारी नेपाल स्याङ्जाको अध्यक्षमा सुशील सुवेदी चयन भएका छन् ।
जिल्लाको पाँचौँ अधिवेशनले सुवेदीको अध्यक्षतामा सर्वसम्मत रुपमा नयाँ कार्यसमिति चयन गरेको हो । उपाध्यक्षमा मणि अर्याल तथा कला राना, सचिवमा जीवन अर्याल, सहसचिवमा राधाकृष्ण शर्मा तथा सुनिल न्यौपाने र कोषध्यक्षमा माधव गैह्रे निर्वाचित भएका छन् ।
त्यस्तै सदस्यमा नारायण कोइराला, माधवप्रसाद रेग्मी, मोहन सुनार, पूर्णिमा नेपाली, हरि अर्याल, नारायण चापागाईं, सविन लामिछाने, अनिता गौतम रहेका छन् ।
कार्यक्रममा प्रेस चौतारी स्याङ्जाका संस्थापक अध्यक्ष राजेन्द्र डुम्रे , पूर्व अध्यक्ष तथा केन्द्रीय सदस्य हिमलाल पराजुलीलाई सम्मान गरिएको थियो ।








