२३ बैशाख २०८१, आइतबार

अर्थमन्त्री युवराज खतिवडाले दिए राजीनामा

प्रकाशित मिति :  3 March, 2020 4:16 pm


काठमाडौ, २० फागुन । 

अर्थमन्त्री डा. युवराज खतिवडाले राजीनामा दिएका छन् । राष्ट्रियसभा सदस्यको दुईवर्षे कार्यकाल सकिएलगत्तै खतिवडाले मुख्यसचिव लोकदर्शन रेग्मीमार्फत राष्ट्रपतिसमक्ष राजीनामा दिएको खतिवडा निकट स्राेतले बताएको छ ।

१४ फागुन २०७४ मा उनले अर्थमन्त्रीका रूपमा कार्यभार सम्हालेका थिए । दुईवर्षे कार्यकाल सकिएपछि राजीनामा दिए पनि प्रधानमन्त्रीले उनलाई पुनः नियुक्ति गर्ने तयारी छ ।

प्रधानमन्त्री केपी शर्मा ओली मिर्गौला प्रत्यारोपणका लागि अस्पताल भर्ना भएपछि उनले मुख्यसचिवमार्फत राजीनामा बुझाएका हुन् ।



प्रतिक्रिया दिनुहोस !