५ जेष्ठ २०८१, शनिबार

युक्रेन तनावमा सबै पक्षलाई शान्त रहन चिनियाँ विदेशमन्त्रीको आग्रह

प्रकाशित मिति :  27 January, 2022 12:38 pm


काठमाडौं । चिनियाँ विदेशमन्त्री वाङ यीले युक्रेन तनावमा संलग्न सबै पक्षलाई शान्त रहन आग्रह गरेका छन् ।

अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केनसँगको वार्ता पछि चिनियाँ विदेशमन्त्रीले युक्रेन तनाव बढाउने गतिविधि नगर्न र शान्त रहन बिहीबार आग्रह गरेका हुन् ।

रुसले नेटोलाई उसको सेना तथा हातहतियार पूर्वी युरोपबाट फिर्ता गर्नुपर्ने र पूर्व सोभियत गणराज्य युक्रेनलाई नेटोमा सामेल नगर्न माग गरेको छ ।

वासिंटन र नेटोका सहयोगी देशहरूले रुसको प्रस्तावलाई अस्वीकार गरेका छन् । तर उनीहरूले हातहतियार नियन्त्रण तथा विश्वास निर्माणका मापदण्डहरूजस्ता विषयमा छलफल गर्न तयार रहेको बताएका छन् ।

चिनियाँ विदेशमन्त्री वाङले ब्लिनकेनसँगको टेलिफोनमा एक देशको सुरक्षा अन्य देशहरूको सुरक्षामा खर्च हुनसक्दैन र क्षेत्रीय सुरक्षाको ग्यारण्टी सैनिक सुरक्षा समूहको विस्तार वा समृद्धिले गर्न नसकिने बताएका थिए ।



प्रतिक्रिया दिनुहोस !