२१ बैशाख २०८१, शुक्रबार

प्रधानमन्त्री ओलीको आज मिर्गौला प्रत्यारोपण गरिदै

प्रकाशित मिति :  4 March, 2020 8:25 am


काठमाडौ, २१ फागुन । 

प्रधानमन्त्री केपी शर्मा ओलीको आज(बुधबार) बिहान ९ बजेदेखि मिर्गौला प्रत्यारोपण गर्न सुरु गरिने त्रिवि शिक्षण अस्पतालले जनाएको छ ।

सोमबार साँझ अस्पताल भर्ना भएका प्रधानमन्त्री ओलीको मंगलबार मिर्गौलाको डायलासिस गरिएको छ ।प्राध्यापक डा.अरुण सायमीले मंगलबार डायलासिस भएको र आज(बुधबार) बिहान ९ बजेदेखि प्रत्यारोपण सुरु हुन् जानकारी दिएका छन् ।

प्रत्यारोपणमा भारत नयाँ दिल्लीस्थित एपोलो अस्पतालका एक चिकित्सकसहित नेपाली चिकित्सकहरु रहने पनि डा. सायमीले बताए ।प्रधानमन्त्री ओलीको पहिलो पटक मिर्गौला प्रत्यारोपण गरेका एपोलो अस्पतालका डा. अनन्त कुमार काठमाडौं आइसकेको जनाइएको छ ।

प्रत्यारोपणमा त्रिवि शिक्षण अस्पतालका डा.प्रेमराज ज्ञवालीको टिम रहने छ । प्रधानमन्त्री ओलीकी भाञ्जी पर्ने ३१ वर्षिया समिक्षा संग्रौलाले मिर्गौला दिएकी हुन ।

यसैबीच प्रधानमन्त्री ओलीको मिर्गौलाको डायलासिस समेत गरिएको छ । उनको शरीरमा क्रियाटिनको मात्रा बढी देखिएपछि प्रत्यारोपण अघि डायलासिस गरिएको अस्पतालले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस !