२२ बैशाख २०८१, शनिबार

मेला, महोत्सव र सार्वजनिक कार्यक्रम गर्नेलाई कारवाही

प्रकाशित मिति :  4 March, 2020 10:58 am


चितवन, २१ फागुन । 
कोरानाभाइरसका संवेदनशीलतालाई मध्यनजर गर्दै चितवनमा स्थानीय प्रशासनले मेला महोत्सव एवं सार्वजनिक कार्यक्रम गर्न रोक लगाएको छ ।

मंगलबार साँझ जिल्ला प्रशासन कार्यालय चितवनले  एक सूचना प्रकाशित गरी चीनबाट फैलिएको कोरोना नेपालमा पनि उत्तिकै चुनौतीको रुपमा रहेको भन्दै जिल्लामा मेला, महोत्सव, सार्वजनिक कार्यक्रम गर्न गराउन रोक लगाइएको हो ।

सहायक जिल्ला प्रमुख अधिकारी नेत्रप्रसाद आचार्यद्वारा हस्ताक्षरित सूचनामा ‘स–साना पारिवारिक जमघट बाहेक अन्य जात्रा, पर्व, मेला महोत्सव र यस्तै अन्य कुनै पनि कार्यक्रम तर्जुमा र सञ्चालन नगर्न नगराउन जिल्लाबासी नागरिकलाई जिल्ला प्रशासन कार्यालय हार्दिक अनुरोध गर्दछ ।’

सूचनालाई अवज्ञा गरी यस्ता काम गरिएको खण्डमा कानुन अनुसार कारवाही गरिने भन्दै कार्यालयले सचेत गराएको छ ।

यसैबीच जिल्लामा सञ्चालनमा रहेका महोत्सव आज बुधबारदेखि सम्पूर्ण चालु महोत्सवहरुमा रोक लगाइएको छ भने आगामी दिनमा तय गरिएको मेला महोत्सव समेत तत्कालका लागि रद्ध गरिएको छ । होली पर्व नजिकिदै जाँदा होलीमा प्रयोग हुन रंगले पनि असर गर्ने हुनाले यस्ता कार्यक्रम रोक्न आह्वावान गरेको छ



प्रतिक्रिया दिनुहोस !