५ जेष्ठ २०८१, शनिबार

जाल्पा सामुदायिक लघुवित्तले माघ २१ देखि आइपीओ निष्काशन गर्दै

प्रकाशित मिति :  28 January, 2022 12:39 pm


काठमाडौं । जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेडले प्राथमिक सेयर (आइपीओ) निष्काशन गर्ने भएको छ ।
लघुवित्तले माघ २१ गते, शुक्रबारदेखि सर्वसाधारणहरुका लागि ५ करोड २२ लाख मूल्य बराबरको साधारण सेयर (आइपिओ) निष्कासन तथा बिक्री खुल्ला गर्ने भएको हो ।

कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित दरमा ५ करोड २२ लाख मूल्य बराबरको ५ लाख २२ हजार कित्ता साधारण सेयर (आईपीओ) निष्कासन तथा बिक्री खुल्ला गर्नेछ । जसमध्ये चुक्ता पूँजीको ०.५ प्रतिशत अर्थात ८ हजार कित्ता संस्थाका कर्मचारीहरुका लागि र ५ प्रतिशत अर्थात २६ हजार १०० कित्ता म्युचुअल फण्डका लागि छुट्ट्यायर बाँकि रहेको ४ लाख ८७ हजार ९०० कित्ता सर्वसाधारण छुट्टाएको छ ।

आईपीओमा सर्वसाधारण न्यूनतम १० कित्तादेखि अधिकतममा ५ हजार २२० कित्ताको लागि आवेदन दिन सक्नेछन् । लगानीकर्ताले आईपीओमा छिटोमा माघ २५ गते र ढिलोमा फागुन ६ गतेसम्म आवेदन दिन सक्नेछन् ।

त्यस्तै कम्पनीले उक्त आइपीओ निष्काशन तथा बिक्री प्रबन्धकमा प्रभु क्यापिटल लिमिटेडलाई नियुक्त गरेको छ ।

संस्थाको हाल १० करोड ७८ लाख चुक्ता पूँजी रहेको छ भने अब उक्त आइपीओ जारी गरेपश्चात चुक्ता पूँजी १६ करोड रुपैयाँ पुग्नेछ ।

संस्थाको साधारण सेयर (आईपीओ) लाई रेटिङ एजेन्सी इक्रा नेपालले ‘इक्रा एनपी आईआर बीबी’ रेटिङ प्रदान गरेको छ । यस रेटिङले यो कम्पनी समयमा वित्तीय दायित्व पूरा गर्न चुक्ने सम्बन्धमा मध्यम जोखिम रहेको संकेत गर्दछ ।

जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेडले कास्की जिल्लाको पोखरा महानगरपालिकाको सिमलाचौरमा प्रधान कार्यालय भई हाल २० जिल्लामा लघुवित्त व्यवसाय सञ्चालन गरिरहेको छ ।



प्रतिक्रिया दिनुहोस !