८ पुस २०८२, मंगलबार

तोलामा ४०० सयले घट्यो सुन

प्रकाशित मिति :  30 January, 2022 11:46 am


काठमाडौं । नेपाली बजारमा साताको पहिलो दिन आइतबार सुनको मूल्य  घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार अघिल्लो शुक्रबार तोलामा ९०० रुपैयाँले घटेर तोलाको ९२ हजार ६०० कारोबार भएको छापावाला सुन आज ४०० रुपैयाँले घटेर तोलाको ९२ हजार २ सयमा कारोबार भइरहको छ ।

यस्तै, आज तेजाबी सुनको मूल्य ९१ हजार ७०० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

आइतबार चाँदीको मूल्य पनि घटेको छ । चाँदी गत शुक्रबारको तुलनामा तोलामा १५ रुपैयाँले घटेको छ । आज चाँदी १२५० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । शुक्रबार चाँदी प्रतितोला १२६५ रुपैयाँमा कारोबार भएको थियो ।



प्रतिक्रिया दिनुहोस !