५ जेष्ठ २०८१, शनिबार

हाइड्रोइलेक्ट्रिसिटी इन्भेष्टमेन्ट एन्ड डेभलपमेन्ट कम्पनीले पनि सह -वित्तीयकरणमा भाग लिन पाउने

प्रकाशित मिति :  30 January, 2022 4:43 pm


काठमाडौं । अबदेखि हाइड्रोइलेक्ट्रिसिटी इन्भेस्टमेन्ट एन्ड डेभलपमेन्ट कम्पनी लिमिटेडले सह-वित्तीयकरणमा भाग लिन पाउने भएको छ।

नेपाल राष्ट्र बैंकले आइतबार क, ख र ग वर्गका इजाजतपत्र प्राप्त संस्थाहरुलाई जारी गरिएको एकीकृत निर्देशन, २०७८ को निर्देशन नं। ११ को बुँदा नं। ३९१० मा संशोधन गरी यस्तो व्यवस्था लागू गरेको हो। संशोधित व्यवस्थाअनुसार अब बैंक तथा वित्तीय संस्थाहरुका साथै एचआईडीसीएलले (सम्बन्धित क्षेत्रमा) मात्र सहवित्तीयकरणमा भाग लिन पाउनेछ।

कर्मचारी सञ्चय कोष र नागरिक लगानी कोषलाई राष्ट्र बैंकबाट वित्तीय कारोबार गर्न इजाजतपत्र प्राप्त संस्था र हाइड्रोइलेक्ट्रिसिटी इन्भेस्टमेन्ट एन्ड

डेभलपमेन्ट सम्बन्धित क्षेत्रमा अगुवा संस्था हुने गरी गठन हुने सहवित्तीयकरण समूहमा सहभागी भई कर्जा प्रवाह गर्न यो व्यवस्था बाधा नपुर्याउने राष्ट्र बैंकले जनाएको छ।

यसअघिको निर्देशनमा राष्ट्र बैंकबाट वित्तीय कारोबार गर्न इजाजतपत्रप्राप्त संस्थाहरुले मात्र सहवित्तीयकरणमा भाग लिन पाउने व्यवस्था गरिएको थियो।



प्रतिक्रिया दिनुहोस !